आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनलमा घरेलु टोली नेपालले पहिले मलेसियाविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ । नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। नेपालले समुह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।