बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हङकङले नेपालसामु ९५ रनको मध्यम लक्ष्य

हङकङले नेपालसामु ९५ रनको मध्यम लक्ष्य

मेगा खबर संवाददाता

२, कार्तिक २०८०
  • 1.1K
    SHARES

  • हङकङले नेपालसामु ९५ रनको मध्यम लक्ष्य

    काठमाडौं, कात्तिक २ गते, अलराउन्डर करण केसीको घातक बलिङमा यूएई सम्मिलित त्रिकोणात्मक टी २० आई सिरिजमा हङकङले नेपालसामु ९५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

    माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा अलआउट भयो । नेपालका करण केसी एक्लैले चार विकेट लिए । किफायती बलिङ गरेका करणले आफ्नो स्पेलमा मात्र १५ रन दिए ।

    करण केसीले ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान निजाकात खानलाई बोल्ड आउट गरे । अर्का ओपनर अशुं रथलाई ७ रन बनाउँदा करणले आशिफ शेखको हातबाट क्याच आउट गराए । इजाज खानलाई ७ रनमा क्याच आउट गराएका करणले हरोन हर्सदलाई बोल्ड आउट गरे । अभिनास बोहोरा र सोमपाल कामीले समान दुईदुई विकेट आफ्नो नाममा गरे । 

    कुशल मल्ल,मौसम ढकालले समान एकएक विकेट लिए । हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए । 

    बिहिवार, कार्तिक २ २०८०१२:५७:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार