बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मेगा खबर संवाददाता

२, कार्तिक २०८०
  • 1.2K
    SHARES

  • पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा छ ।

    देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति भने  कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बिहिवार, कार्तिक २ २०८००६:४५:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार