बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नर्वेलाई हराउँदै स्पेन युरो २०२४ प्रतियोगितामा छनोट

नर्वेलाई हराउँदै स्पेन युरो २०२४ प्रतियोगितामा छनोट

मेगा खबर संवाददाता

२९, आश्विन २०८०
  • 982
    SHARES

  • नर्वेलाई हराउँदै स्पेन युरो २०२४ प्रतियोगितामा छनोट

    काठमाडौँ, नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो ।

    बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो ।

    अर्लिङ हालान्डको नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौका पाउनेछ । नर्वे पछिल्लोपटक सन् २००० को युरोमा सहभागी भएको थियो । 

    सोमवार, आश्विन २९ २०८००७:३९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार