बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी

नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी

मेगा खबर संवाददाता

२८, आश्विन २०८०
  • 1.1K
    SHARES

  • नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी

    काठमाडौं, असोज २८ गते, मलेसियामा जारी उन्नाइस वर्षमुनि (यु–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

    बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरे ।

    नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२३२ रनको योगदान दियो । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोडे । अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भयो । ओपनर दीपक बोहराले चार रन जोड्यो । 

    बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लियो । त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले  सर्वाधिक ३४ रनको योगदान दियो ।

    आइतवार, आश्विन २८ २०८००४:०३:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार