बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एमाले गण्डकी अध्यक्षमा गुरूङ पक्षका नवराज शर्मा विजयी

एमाले गण्डकी अध्यक्षमा गुरूङ पक्षका नवराज शर्मा विजयी

मेगा खबर संवाददाता

१९, आश्विन २०८०
  • 1.0K
    SHARES

  • एमाले गण्डकी अध्यक्षमा गुरूङ पक्षका नवराज शर्मा विजयी

    काठमाडौं, नेकपा (एमाले) गण्डकी अध्यक्षमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका नवराज शर्मा विजयी भएका छन् ।

    उनले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ ल्याएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । पदाधिकारी तर्फका सबै पदमा शर्माकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् ।

    गरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । प्रत्यासी रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे । उपसचिवमा दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् । 

    महासचिव पोखरेल खगराजको पक्षमा उभिँदा प्रदेश अध्यक्षलगायत पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि शर्माले अधिकारीलाई १ सय ६६ मतले पाखा लगाए। पदाधिकारीमा उपमहाचिव गुरूङको सेट नै निर्वाचित भयो ।

    शुक्रवार, आश्विन १९ २०८००७:२२:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार