बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१७, आश्विन २०८०
  • 1.2K
    SHARES

  • यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौँ, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ ।

    जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा छ । कोशी, मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ ।

    आज राति भने  कोशी, मधेस र बागमती  प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ ।

    बुधवार, आश्विन १७ २०८००६:५८:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार