बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स खेल्न चीन प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स खेल्न चीन प्रस्थान

मेगा खबर संवाददाता

७, आश्विन २०८०
  • 1.1K
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स खेल्न चीन प्रस्थान

    काठमाडौं, असोज ७ गते,चीनको हाङजाओमा जारी १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

    चीन जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आज बिदाइ गरेको हो । गत साता चोटका कारण शल्यक्रिया गरेपछि स्पिनर ललित नारायण राजवंशीले भने एसियाड गुमाएका छन् । अभ्यासका क्रममा त्रिवि क्रिकेट मैदानमा घाइते भएका ललितको स्थान सागर ढकालले लिएका छन् ।

    अर्का स्पिनर सन्दीप लामिछाने पनि टोलीसँगै चीन जान पाएनन् । उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आजै परेका कारण उनी टोलीसँगै चीन जान नपाएका हुन् । न्यायाधीश अभाव भन्दै काठमाडौं जिल्ला अदालतले सुनुवाइ स्थगन गरेको छ । अब उनी चीन जाने वा नजाने भन्ने कुरा अनिश्चित बनेको छ ।

    आइतवार, आश्विन ७ २०८०१२:५७:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार