बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्रधानमन्त्रीसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि र श्रीलंकाका राष्ट्रपतिले गरे भेटवार्ता

प्रधानमन्त्रीसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि र श्रीलंकाका राष्ट्रपतिले गरे भेटवार्ता

मेगा खबर संवाददाता

३, आश्विन २०८०
  • 799
    SHARES

  • प्रधानमन्त्रीसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि र श्रीलंकाका राष्ट्रपतिले गरे भेटवार्ता

    काठमाडौँ, संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् ।

    मंगलबार राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा  भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्रीसँग भेट गरेकी हुन् ।न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारी अनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा  छलफल भएको थियो ।

    मंगलबार नै प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र श्रीलंकाको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

    बुधवार, आश्विन ३ २०८००८:४६:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार