बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

३, आश्विन २०८०
  • 949
    SHARES

  • यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको  दक्षिणतिर  अवस्थित  छ ।

    जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार  हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली  देखी सामान्यतया सफा छ । आज दिउँसो देशभर  आंशिक  देखि  सामान्य  बदली  रहनेछ । 

    दिउँसो कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जनचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको महाशाखाले जनाएको छ । राति  देशभर  आंशिक  देखि  सामान्य  बदली  रही कोशी,  बागमती र गण्डकी प्रदेशका  केही  स्थानहरुमा   र  बाँकी  प्रदेशको  एक-दुई  स्थानमा  मेघ  गर्जनचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको महाशाखाले जानकारी दिएको छ ।

    कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको संभावना पनि रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा  सामान्यतया बदली रही दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । पानी कम परेका कारण उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।

    मौसमविद् कँडेलका अनुसार सेप्टेम्बर महिनामा उपत्यकाको औसत तापक्रम २८ डिग्री सेल्सियसको हाराहारीमा रहेकामा केही दिनयता ३० देखि ३१ डिग्री पुगेको छ।

    बुधवार, आश्विन ३ २०८००७:५०:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार