बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रपति पौडेलद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने ५ महिला सम्मानित

राष्ट्रपति पौडेलद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने ५ महिला सम्मानित

मेगा खबर संवाददाता

२९, भाद्र २०८०
  • 970
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने ५ महिला सम्मानित

    काठमाडौं, भदौ २९ गते, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउने पाँच जना महिला चिकित्सकलाई सम्मानित गरेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा शुक्रबार राष्ट्रपति भवनमा नेपाल चिकित्सक संघले आयोजना गरेको सम्मान कार्यक्रममा वमन इन मेडिसिनबाट पाँच जना महिलालाई राष्ट्रपति पौडेलले सम्मानित गरेका हुन् । वमन इन मेडिसिनबाट सम्मानित हुनुहुनेमा डा.अर्चना अमात्य,डा. गिता शाक्य, डा. मिता सिंह, डा.कोकिला बैद्य र प्रमिला प्रधान हुनुहुन्छ ।

    अन्य पाँच जना महिलालाई लाइभ टाइम अचिभमेन्ट प्रदान गरिएको छ । लाइभ टाइम अचिभमेन्ट पाउनुहुनेमा डा.दिव्यश्वरी श्रेष्ठ,डा.लता बज्राचार्य, डा.शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की हुनुहुन्छ ।

    शुक्रवार, भाद्र २९ २०८००१:१९:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार