बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेस्सी बिना नै अर्जेन्टिनाको सहज जीत हासिल

मेस्सी बिना नै अर्जेन्टिनाको सहज जीत हासिल

मेगा खबर संवाददाता

२७, भाद्र २०८०
  • 793
    SHARES

  • मेस्सी बिना नै अर्जेन्टिनाको सहज जीत हासिल

    कप्तान लियोनेल मेस्सी बिना पनि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जीत हासिल गरेको छ ।

    मंगलबार भएको खेलमा अर्जेन्टिना ३–० गोलले विजयी भएको हो । एन्जो फर्नान्डेजले खेलको ३१ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा रोबर्टो फर्नान्डेजले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो ।

    यसको फाइदा उठाउँदै निकोलास टाग्लिफिकोले ४२ औँ मिनेटमा अर्जेन्टिाको अग्रता दोब्बर बनाए । त्यसपछि दोस्रो हाफको अन्त्यतिर निकोलास गोन्जालेजले तेस्रो गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । सात पटकका बालोन डी’ओर विजेता मेस्सीलाई यो खेलमा आराम दिइएको थियो ।

    गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएपछि मेस्सीले लगातार खेलहरू खेलिरहेका छन् । पछिल्ला ४८ दिनमा उनले १२ खेल खेलेका छन् । 

    बुधवार, भाद्र २७ २०८००६:४०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार