म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आफ्नो जन्मदिनमा निर्णायक गोल गर्दा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा स्लोभाकिलाई हराएको छ । छनोटमा पोर्चुगलको लगातार पाँचौँ जीत हो ।
शुक्रबार २९ वर्ष पुगेका फर्नान्डेजले पहिलो हाफको अन्त्यतिर बर्नार्डो सिल्भाको पासमा उत्कृष्ट गोल गरे । फर्नान्डेजले क्रिस्टियानो रोनाल्डोका लागि गोलको अवसर पनि सिर्जना गरेका थिए । भेटरान फरवार्ड सो अवसरमा चुकेका थिए ।
जीतसँगै पोर्चुगल ५ खेलबाट पाँचैमा जीत हासिल गर्दै १५ अङ्कसहित समूह जेको शीर्ष स्थानमा छ । स्लोभाकिया १० अङ्कसहित दोस्रो स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।