काठमाडौँ, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।
लामिछाने विरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो ।
मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । १७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र श्रीलंका पुगेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।