काठमाडौं, भदौ २० गते, पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र समर्थकले स्वागत गरेका थिए ।
एसिया कपको समूह ‘ए’बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । नेपालले समूहमा पहिलो पटक विश्व वरीयताको शीर्ष टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग प्रतिस्पर्धा गरेको थियो ।
पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग डकवर्थ लुइसको नियमका आधारमा १० विकेटले पराजित भएको थियो ।
यद्यपी पाकिस्तानसँगको तुलनामा नेपालले भारतसँग उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्याटिङमा महाशक्ति भारतसँग निडर प्रदर्शन गरेपछि नेपाली टोलीको चर्चा विश्वभर चुलिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।