काठमाडौँ, भदौ १७ गते, आइसीसी महिला टी - २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको छ । आइतबार भुटानले दिएको ४० रनको झिनो लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।
टोलीकी कप्तान रुविना क्षत्री बेलवासे १२ रनमा नटआउट रहिन् । कविता जोशी ९, सीता राना मगरले ८ तथा पुजा महतोले ३ रन थपे । नेपालका ८ ब्याटरले दोहोरो अंक छुन नसक्दा पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के । भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन् । अन्जु गुरुङले १ विकेट आफ्नो नाममा गरिन् । त्यसअघि मलेसियाको बांगीमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रनको योगफल तयार पारेको थियो ।
कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालकी पूजा महतोले ३ विकेट लिइन् । रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान एक विकेट आफ्नो नाममा गरे । भुटानलाई पराजित गर्दै नेपाल समूह को शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले अब मंगलबार कतारसँग र बुधबार यूएईसँग खेल्ने तालिका छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।