काठमाडौं, भदौ १५ गते, आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनबाट जितका लागि ३२ रनको सामान्य लक्ष्य पाएको छ ।
मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएका हो । कप्तान दीपिका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो । दीपिका इन्दु बर्माको बलमा बोल्ड आउट भइन् । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बहराइनलाई सस्तैमा अलआउट गर्नेक्रममा बलिङतर्फ नेपालका इन्दु बर्माले तीन तथा खुसी डंगोलले २ विकेट लिइन् । कविता कुँवर,पुजा महतो र कप्तान रुविना क्षेत्री बेल्वासेले समान एक एक विकेट लिए । ४ ओभर वलिङ गरेकी इन्दुले २ ओभर मेडन राख्दै मात्रै ५ रन दिएर ३ विकेट चट्काइन् । उता पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ। तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।
प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाएनल खेल रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ए मा नेपाल,बहरान, भुटान,मलेसिया,कतार र युएई छन् ।
समूह बी मा चीन,हङकङ,थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।