काठमाडौँ, समाजवादी मोर्चाको सन्देश सभा आज गण्डकी प्रदेशमा हुने भएको छ । पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’पोखरा जाने तरखरमा छन् ।
मोर्चाले बिहीबार कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । सो अवसरमा समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटी घोषणा भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।