घरेलु मैदानमा आफ्नो बुन्डेस लिगाको डेब्यू खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल गरेपछि साबिक विजेता बायर्न म्युनिखले लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति बायर्नले एफसी अग्सबर्गलाई ३–१ गोलले हराएको हो ।
पहिलो हाफको ३२ औँ मिनेटमा फेलिक्स उडुओखाईले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा अग्रता बनाएको थियो । ८ मिनेटपछि पेनाल्टीबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए । उनी बुन्डेस लिगाका पहिलो दुई खेलमा गोल गर्ने पहिलो इंल्गिस खेलाडी बनेका छन् ।
दोस्रो हाफको ६९ औँ मिनेटमा केनले अर्को गोल गर्दै थप्दै अग्रता फराकिलो बनाए । डियोन बेलहोले खेलको अन्त्यतिर अग्सबर्गका लागि सान्त्वना गोल गरे । दुई खेलबाट ६ अङ्क बटुल्दै बायर्न गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।