बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्रिकेटर लामिछानेको मुद्दामा भएन सुनुवाइ

क्रिकेटर लामिछानेको मुद्दामा भएन सुनुवाइ

मेगा खबर संवाददाता

१०, भाद्र २०८०
  • 1000
    SHARES

  • क्रिकेटर लामिछानेको मुद्दामा भएन सुनुवाइ

    काठमाडौं, भदौ १० गते, क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन नसकेन छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

    नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

    न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । तर चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा समेत परेका छन् ।

    आइतवार, भाद्र १० २०८००४:२०:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार