बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एमएलएसमा मेस्सीको डेब्यु गोल

एमएलएसमा मेस्सीको डेब्यु गोल

मेगा खबर संवाददाता

१०, भाद्र २०८०
  • 1.2K
    SHARES

  • एमएलएसमा मेस्सीको डेब्यु गोल

    काठमाडौं, भदौ १० गते, अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा डेब्यु गोल गरेका छन् । आज बिहान भएको खेलमा मियामीले न्युयोर्क रेडबुल्सलाई २–० गोलले हराएको छ ।

    रेडबुल मैदानमा मियामीलाई जिताउन डिअगो गोमेज र मेस्सीले गोल गरे । गोमेजले ३७औं मिनेटमा गोलको खाता खोले । त्यसपछि मेस्सीले ८९औं मिनेटमा गोल गर्दै टोलीलाई सजिलै जिताए ।

    मेस्सीले ६०औं मिनेटमा मैदान प्रवेश गर्दै एमएसएलमा डेब्यु गरेका हुन् । उनले डेब्यु खेलमै गोल गर्दै टोलीको उत्साह जगाए । जितसँगै मियामीले २९ टोली सहभागी लिगमा २२ अङ्क बनाएको छ । मियामीले अझै रेलिगेसन रेखा छल्न सकेको छैन । 

    आइतवार, भाद्र १० २०८००४:०६:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार