बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने

मेगा खबर संवाददाता

१०, भाद्र २०८०
  • 748
    SHARES

  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने

    काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ ।

    उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । अदालतले आजका लागि पुन अन्तिम पेशी तोकेको हो । यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

    १७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा रहेका छन् ।
     

    आइतवार, भाद्र १० २०८००९:४५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार