साबिक विजेता बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २–० गोलले हराएको हो ।
क्याम्प नाउको पुननिर्माण कार्य चलिरहेकाले बार्साले यो सिजन ओलम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको छ । बराबरी तर्फ अघि बढिरहेको खेलमा बार्साले अन्तिम समयमा दुई गोल गर्न सफल भएको थियो ।
८२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा पेड्रीले बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
बार्सिलोना पहिलो खेलमा गेटाफेसँग बराबरीमा रोकिएको थियो । दुई खेलपछि बार्साको चार अंक पुगेको छ । आइतबारको खेलमा लामिन यामाल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनले मात्र १६ वर्ष ३८ दिनमा बार्साका लागि डेब्यू गरे ।
आइतबार भएका अन्य खेलमा जिरोनाले गेटाफेलाई ३–० गोलले हरायो भने एट्लेटिको मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।