बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इन्टर मायमीले जित्यो लिग्स कप

इन्टर मायमीले जित्यो लिग्स कप

मेगा खबर संवाददाता

३, भाद्र २०८०
  • 703
    SHARES

  • इन्टर मायमीले जित्यो लिग्स कप

    इन्टर मायमीले अमेरिकाको लिग्स कपको उपाधि जितेको छ । आज भएको फाइनल भिडन्तमा नाश्भिल एससीलाई सडन डेथमा १०(९ गोलले पराजित गर्दै उपाधि जितेको हो । 

    निर्धारित समयको खेल १(१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ दुवै टिमका ११(११ खेलाडीले पेनाल्टी प्रहार गरेका थिए । मायमीका लागि निर्णायक पाँचौ पेनाल्टी हानेका भिक्टर उलोआ असफल भएपछि पेनाल्टी सुउटआउट लम्बिएको थियो । त्यसअघि नाश्भिलका लागि  दोस्रो पेनाल्टी हानेका रेन्डल लीन असफल हुँदा मायमीलाई फाइदा पुगेको थियो ।

    १०(१० पेनाल्टी हान्दा पनि खेल बराबरी भएपछि एघारौं पेनाल्टीमा नाश्भिलका गोलकिपर इलिएट पिनाको असफल हुँदा मायमीले उपाधि जित्न सफल भयो। उनको पेनाल्टीका मायमीका लागि ड्रेकले विफल पारिदिए । त्यसअघि ड्रेक भने सफल भएका थिए ।त्यसअघि खेलमा मायमीले अग्रता लिएको थियो । मायमीका लागि लिओनल मेसीले २३ मिनेटमा गोल गरेका थिए । 

    मेसीले मायमीका लागि खेलेका अहिलेसम्मका सबै खेलमा गोल गरेका छन्। उनले पछिल्ला ७ खेलमा लगातार गोल गर्दै गोल संख्या १० पुर्‍याइसकेका छन् । यहि सिजन मायमीमा आबद्ध भएका मेसीले पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भए ।

     

    आइतवार, भाद्र ३ २०८०१०:३७:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार