काठमाडौं । आज भोली म्युजिक भिडियोमा व्यस्त रहेका अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘रेड वाईन’ मा एक साथ काम गर्ने भएका छन् ।
‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्म हो । उनले ले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए । निर्देशनमा भने पौडेलेको यो डेब्यु फिल्म हो । यसै फिल्ममार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रुपमा देखिन लागेका हुन् । फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ ।
फिल्ममा पल र साम्राज्ञीको अलवा सन्दिप क्षेत्री र अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा निरू भण्डारी हुन् ।
आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा र सम्वाद सबिर श्रेष्ठले लेखेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।