काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ९नेपाल नजिक० रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा छ ।
राति कोशी,मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ । साथै कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।