एजेन्सी। दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा लोखर्केले आफ्ना सन्तानलाई सर्पबाट जोगाउन संघर्ष गरेको भिडियो अहिले भाइरल बनिरहेको छ ।
भिडियोलाई क्रुगर साइटिङ्स नामक यूट्युब च्यानलले शेयर गरेको हो । मार्च २ मा शेयर गरिएको भिडियोले लगभग १५ लाख भ्युज पाइसकेको छ ।
आफ्ना सन्तानलाई बचाउन आमा लोखर्केले गरेको संघर्ष हेरेका मानिसले खुबै प्रशंसा गरिरहेका छन् । सर्पलाई तर्साउनका लागि लोखर्केले पुच्छर उपयोग गरेको देखेर उनीहरू दंग परेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।