बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संगीतकार गैरेको शिव भजनको भिडियो सार्वजनिक (भिडियोसहित)

संगीतकार गैरेको शिव भजनको भिडियो सार्वजनिक (भिडियोसहित)

मेगा खबर संवाददाता

२९, श्रावण २०८०
  • 2.5K
    SHARES

  • संगीतकार गैरेको शिव भजनको भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडाैँ, साउन २९ गते, संगीतकार गैरे सुरेशको संगीत तथा वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द रहेको नयाँ शिव भजन युट्युब मार्फत आज सार्वजनिक गरिएको छ ।

    फुलवारी नेपाल युट्युब च्यानलले सार्वजनिक गरेको भोले शंकर नामको उक्त भजनको म्युजिक भिडियो सागर धिमालले निर्देशन गरेका हुन् । निर्मल तिमिल्सिना र संजिव खत्रीले खिचेको भिडियोमा कृष्ण ढकाल,सुरेश गैरे,कमल तिउसिना,लव सापकोटा दीपकराज बराल,रोहित घिमिरे,विकास अधिकारी,परशुराम लामिछाने,सत्य पुरी लगायतको अभिनय रहेको छ भने अव्यक्त लुइँटेल,अथर्व गैरे र अक्षुण किशोर लुइँटेलले बाल कलाकारका रूपमा अभिनय गरेका छन् । पवित्र पाशुपत क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा पशुपति क्षेत्रमा अवस्थित मठमन्दिरहरुको दृश्यहरु समेटिएको छ । 

    गैरे सुरेश नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । दुई दशक भन्दा बढि समयदेखि संगीत कर्ममा समर्पित उनका यहाँ देशको छ चिन्ता,किन हजुर नबोलेको, मर्ने कसैलाई रहर हुँदैन,लाहुरेको जिन्दगी यो खुकुरीको धार,यो देश छ र त हामी छौँ,जमाना खराब छ  । तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ लगायतका गीत तथा गजलहरू चर्चित छन् । आफूले सिर्जना गरिरहेका संगीत भन्दा नौलो  प्रयोग र फरक  संगीत संयोजनमा तयार गरिएको भोले शंकरू भजनले जनमानसमा राम्रै प्रभाव पार्ने अपेक्षा सहित भजनको भिडियो तयार पारिएको संगीतकार गैरेले बताए । श्रावण महिनाको अन्तिम सोमबार शिव भगवानप्रतिको श्रद्धा स्वरूप सार्वजनिक गरिएको भजन र  भिडियो श्रोता दर्शकरूपी भगवानहरुप्रति पनि समर्पित गरेको उनको भनाइ छ ।

    सगीतकार गैरे सुरेशको संगीत तथा वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द रहेको नयाँ शिव भजन युट्युब मार्फत आज सार्वजनिक गरिएको छ । फुलवारी नेपाल युट्युब च्यानलले सार्वजनिक गरेको भोले शंकर नामको उक्त भजनको म्युजिक भिडियो सागर धिमालले निर्देशन गरेका हुन् । निर्मल तिमिल्सिना र संजिव खत्रीले खिचेको भिडियोमा कृष्ण ढकाल, सुरेश गैरे, कमल तिउसिना,लव सापकोटा,दीपकराज बराल,रोहित घिमिरे,विकास अधिकारी, परशुराम लामिछाने,सत्य पुरी लगायतको अभिनय रहेको छ भने अव्यक्त लुइँटेल,अथर्व गैरे र अक्षुण किशोर लुइँटेलले बाल कलाकारका रूपमा अभिनय गरेका छन् । पवित्र पाशुपत क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा पशुपति क्षेत्रमा अवस्थित मठमन्दिरहरुको दृश्यहरु समेटिएको छ ।

    गैरे सुरेश नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । दुई दशक भन्दा बढि समयदेखि संगीत कर्ममा समर्पित उनका यहाँ देशको छ चिन्ता, किन हजुर नबोलेको,मर्ने कसैलाई रहर हुँदैन,लाहुरेको जिन्दगी यो खुकुरीको धार,यो देश छ र त हामी छौँ,जमाना खराब छ, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ लगायतका गीत तथा गजलहरू चर्चित छन् । आफूले सिर्जना गरिरहेका संगीत भन्दा नौलो  प्रयोग र फरक  संगीत संयोजनमा तयार गरिएको भोले शंकरू भजनले जनमानसमा राम्रै प्रभाव पार्ने अपेक्षा सहित भजनको भिडियो तयार पारिएको संगीतकार गैरेले बताए ।

    श्रावण महिनाको अन्तिम सोमबार शिव भगवानप्रतिको श्रद्धा स्वरूप सार्वजनिक गरिएको भजन र  भिडियो श्रोता दर्शकरूपी भगवानहरुप्रति पनि समर्पित गरेको उनको भनाइ छ ।

    https://youtu.be/zWt6I6gP1SI

    सोमवार, श्रावण २९ २०८००२:५६:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार