बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

म्यानचेस्टर सिटीको प्रिमियर लिगमा शानदार सुरुवात

म्यानचेस्टर सिटीको प्रिमियर लिगमा शानदार सुरुवात

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 1.7K
    SHARES

  • म्यानचेस्टर सिटीको प्रिमियर लिगमा शानदार सुरुवात

    काठमाडौं ।  म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सोमबार राति वुल्भ्सलाई ३–१ ले पराजित गरेको हो ।

    अवे मैदानमा भएको खेलमा सिटीका लागि २० औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयनाले गोल गरी सुरुवाति अग्रता दिलाए । ३२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर अग्रता दोब्बर पारे ।

    पछि परेको वुल्भ्सका लागि ७८ औँ मिनेटमा जिमिनेजले एक गोल फर्काए। इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो ।

    जिससको गोलका लागि डी ब्रुयनाले सहयोग गरेका हुन् । पहिलो खेलमा विजयी भएको वुल्भ्स भने आफ्नो दोस्रो खेलमा सिटीसँग स्तब्ध भयो ।

    सोमबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । शेफिल्ड लगातार दुई खेलमा पराजित भयो भने एस्टन भिल्लाले लिगमा विजयी सुरुवात गरेको हो ।

    मंगलवार, आश्विन ६ २०७७०६:१९:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार