बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल

नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल

मेगा खबर संवाददाता

२७, श्रावण २०८०
  • 1.0K
    SHARES

  • नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल

    अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ ।

    शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो ।गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वेजियन खेलाडीलाई नयाँ सिजनमा गोल गर्न मात्र १८५ सेकण्ड लागेको थियो । 

    ३६ औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन १५ मिनेट बाँकी छँदा रोड्रीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । खेलको अन्त्यमा बर्नलीका आनास जारोरीले रातो कार्ड पाएपछि बर्नली १० खेलाडीमा सीमित भएको थियो ।

    यसअघि खेलमा केभिन डी ब्रयुना खेलको २३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए । 

    शनिवार, श्रावण २७ २०८००७:०३:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार