काठमाडौँ, साउन २२ गते, प्रधानमन्त्री ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।
पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान