काठमाडौँ, पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने विश्वकपका लागि टोली पठाउने पुष्टि गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको अवस्थाले आफ्नो अन्तर्राष्ट्रिय खेलकुदसम्बन्धी दायित्वहरू पूरा गर्ने बाटोमा आउनु हुँदैन भन्ने विश्वास गर्ने बताएको हो । परराष्ट्र मन्त्रालयले पनि टोलीको सुरक्षामा चासो व्यक्त गरेको छ । विदेश मन्त्रालयले भनेको छ,पाकिस्तान आफ्नो क्रिकेट टोलीको सुरक्षालाई लिएर गहिरो चिन्तित छ ।
हामीले यी चिन्ताहरू अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र भारतीय अधिकारीहरूलाई पठाइरहेका छौँ। भारत भ्रमणका क्रममा पाकिस्तानी क्रिकेट टोलीको पूर्ण सुरक्षा सुनिश्चित गरिने छ । एकदिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।