काठमाडौं, साउन २० गते, स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
एकपक्षीय खेलमा स्पेनको जितमा एइटाना बोनमटी कोन्काले पाँचौँ र ३६औँ मिनेटमा गोल गर्नुभयो । अल्बा रेडोन्डो फेरेरले १७औँ, लाइया कोडिना पानेडासले ४५औँ र जेनिफर हेर्मोसो फुइनटेसले ७०औँ मिनेटमा गोल गर्नुभयो ।
स्वीट्जरल्यान्डले स्पेनकी लाइया कोडिना पानेडासबाट आत्मघाती गोल उपहार पाएको थियो । क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै जापानको जितमा रिसा सिमिजुले ५०औँ र हिनाता मियाजावाले ८१औँ मिनेटमा गोल गर्नुभयो । जापानले सुरुवाती गोल १५औँ मिनेटमा नर्वेकी इनग्रिड सेयसटाड इंगेनबाट आत्मघाती उपहार पाएको थियो ।
नर्वेकी गुरो रेइटेनले २०औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बन्यो । जापानले क्वार्टरफाइनलमा स्विडेन र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।