बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१६, श्रावण २०८०
  • 1.6K
    SHARES

  • बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन १६ गते नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उसका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ ।

    देशभर बिहान आंशिकदेखि सामान्य, बदलीको अवस्था छ । कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनचट्याङ्गसहित भारी वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

    रातिपख देशभर आंशिकदेखि सामान्य बदलीकै अवस्था रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको छ । 

    मंगलवार, श्रावण १६ २०८००७:३०:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार