काठमाडौंं, साउन १५ गते, महिला विश्वकप फुटबल अन्तर्गत समूह सी को खेलमा जापानले स्पेनलाई ४-० ले पराजित गरेको छ ।
यस जितपछि जापान समूह सी को को विजेता बनेको छ । जापान र स्पेन यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेका थिए । समूह सी को विजेता बन्नका लागि भएको खेलमा जापान स्पेनमाथि हावी भयो । जापान समूह विजेता र स्पेन समूह उपविजेता बनेर नकआउट चरण प्रवेश गरेको छ ।
जापानका लागि हिनाता मियाजावाले दुई तथा रिको उएकी र मिना तानाकाले समान एक गोल गरे । समूह सी कै अर्को खेलमा जाम्बियाले कोस्टारिकालाई ३-१ ले पराजित गरेको छ । अफ्रिकन राष्ट्र जाम्बियाको विश्वकपमा यो पहिलो जित हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।