काठमाडौं, साउन ११ गते, महेश ताम्राकारको शब्द, संगीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई प्रसन परियारको संगीत संयोजन गरेका हुन् । उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय छ । विकास धमलाले सम्पादन रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री दिलु गुरुङ हुन् ।
यसअघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भइसकेको छ । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ’जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।