इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा साम्पडोरियामाथि जित निकाल्दै लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा साम्पडोरियामाथि ३(० को जित निकाल्दै लिगमा साविक विजेताले सुखद सुरुवात गरेको हो।
युभेन्टसको जितमा डेजेन कुलुसेभ्स्की, लिओनार्दो बोनुस्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।
खेलको १३ औं मिनेटमै रोनाल्डोको पासमा कुलुसेभ्स्कीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस १ गोलले अघि रह्यो।
दोस्रो हाफमा बोनुस्सीले अग्रता दोब्बर बनाए। उनले खेलको ७८ औं मिनेटमा गोल गरे। त्यस्तै क्रिस्टियानो रोनाल्डोले ८८ औं मिनेटमा गोल गर्दा युभेन्टसले ३(० को सहज जित निकाल्यो। आन्द्रे पिरलो प्रशिक्षक भएर आएयता युभेन्टसको पहिलो जित हो। खेलमा १ हजार जना दर्शकहरुलाई स्टेडियममा अनुमति दिइएको थियो।
त्यस्तै गएराति नै भएका सिरि ए का अन्य खेलहरुमा जेनोवाले क्रोटोनलाई ४(१ ले पराजित गर्दा सास्वलोले र काग्लिअरीले १(१ को बराबरी खेले।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।