काठमाडौँ, हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।