बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

५, श्रावण २०८०
  • 1.0K
    SHARES

  • यी प्रदेशमा भारी वर्षाको सम्भावना

    देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली छ । गण्डकी,  कर्णाली र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ ।

    राती देशभर आंशिक देखि सामान्य बदली  रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भाग  एक-दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हल्का, मध्यमदेखि भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षापछि हुनसक्ने विपदबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    शुक्रवार, श्रावण ५ २०८००६:४५:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार