देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय सरदर स्थान को आसपास अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी,मधेश,बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली छ ।
मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनचट्याङ् सहित भारी वर्षा को सम्भावना छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना महाशाखाले जनाएको छ । राति मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार,राति बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । वर्षा र हावाहुरीबाट सडक तथा हवाई यातायात,स्वास्थ्य, कृषि,पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन प्रभावित हुन सक्ने महाशाखाको आकलन छ ।
त्यसकारण हावा-हुरी,भारी वर्षा,मेघ गर्जनचट्याङ्ग,गेग्रान बहाव,बाढी,पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन उसले अनुरोध गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।