फाईल तस्बिर
काठमाडौं । आजदेखि अमेरिकाका सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा सहमति जनाएमा मात्र यो कदम रोकिने नत्र अमेरिकावासीहरुले अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले बताएको हो ।
ट्रम्प प्रशासनले यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिन सक्ने र राष्ट्रिय सुरक्षालाई पनि जोखिममा पारिरहेको भन्दै प्रतिबन्ध लगाएको बताएको बीबीसीले जनाएको छ । आजदेखि वीच्याट, मेसेजिङ एप पूर्ण रुपमा बन्द हुनेछ भने टिकटक चाहिँ नयाँ अपडेट डाउनलोड नगरि नोभेम्बर १२ सम्म चलाउन सकिनेछ ।
टिकटकले यो विषयमा अमेरिकी वाणिज्य विभागसँग निराश भएको प्रतिक्रिया दिएको छ र सुरक्षा सम्बन्धी ट्रम्प प्रशासनको चिन्तालाई ध्यानमा राख्दै कम्पनीको पारदर्शीता बढाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ । यता चीन र यी दुईवटै कम्पनीले अमेरिकाको सो आरोप गलत ठहर गरिरहेका छन् ।
वीच्याट एपको मालिक टेनसेन्ट कम्पनीले पनि उक्त प्रतिबन्ध दुर्भाग्यवश भएको र समस्याको दीर्घकालीन समाधानसम्म पुग्न अमेरिकी सरकारसँग छलफल जारी राख्ने जनाएको बताइएको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।