नयाँ दिल्ली। मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सको बीच रोमाञ्चक प्रतिस्पर्धासँगै आईपिएलको १३औं सिजन सुरुवात भएको छ । अबुधावीको शेख जायेद रंगशालामा दर्शकबिना खेलिएको खेलमा पहिलो खेल धोनीको कप्तानीमा चेन्नईले आफ्नो नाममा गर्यो ।
धोनीले हालसालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनी ४३५ दिनपछि क्रिकेट मैदानमा उत्रिएका हुन् । लामो समयदेखि क्रिकेटबाट टाढा रहे पनि ३९ वर्षीय धोनीमा कुनै परिवर्तन देखिएन । उनले आफ्नो सफल नेतृत्वमा खेल मात्र जितेनन्, तीनवटा महत्वपूर्ण रेकर्ड पनि बनाए ।
धोनीले आईपिएल इतिहासमा आफ्नो १०० क्याच पूरा गरे । यसक्रममा उनले विकेटकिपरको रुपमा ९६ र फिल्डरको रुपमा चार क्याच लिएका छन् ।
धोनीले कप्तानको रुपमा अर्को शानदार रेकर्ड आफ्नो नाम गरेका छन् । उनले चेन्नई सुपर किंग्सको कप्तानको रुपमा १००औं जित दर्ता गरेका छन् । यसका साथै आईपीएलमा कुनै कप्तानको रुपमा १०० जित हासिल गर्ने उनी पहिलो कप्तान बनेका छन् ।
यसका साथै धोनीले टी-२० क्रिकेटमा विकेटकिपरको रुपमा २५० खेलाडीलाई आउट गर्ने रेकर्ड पनि आफ्नो नाम गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।