काठमाडौँ, असार १७ गते नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेल युएई विरुद्ध दोस्रो सफलता दिलाएका छन् ।
जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि सन्दीपले १४औं ओभरको अन्तिम बलमा अर्यान्स शर्मालाई २८ रनमा आरिफ शेखमार्फत क्याच आउट गराए । उनले अर्यान्ससँगको वृत्य अरविन्दको साझेदारीलाई तोडेका छन् ।
हाल युएई २ विकेट गुमाउँदै ६४ रन बनाएर खेलिरहेको छ । यसअघि पहिलो ओभरको दोस्रो बलमै तिव्र गतिका बलर करण केसीले आशिफ खानलाई शून्य रनमा क्याच आउट गराएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।