बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ।
दुबैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका हुन्। एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पाको दम्पत्तीविरुद्ध उजुरी दिएका छन्। उजुरीमा शिल्पा दम्पत्ती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीको आरोप छ।
आफूमाथि ठगीको आरोप लागेपछि अभिनेत्री शिल्पा सेट्टी सत्य चाँडै बाहिर आउने बताएकी छन्। उनले आरोपलाई झुठा र आधारहिन भन्दै खण्डनसमेत गरेकी छन्।
ुसतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। जसको पैसा सचिन जोशीले तिर्न बाँकी छ। यसमाथि विलम्ब शुल्क पनि लाग्नेछ, उनले भनिन्।
शिल्पाले यो मुद्दालाई अदालतले हेरिरहेको भन्दै सत्यतथ्य सक्दो चाँडो सार्वजनिक हुने बताइन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।