काठमाडौँ, टिकटको मूल्य लगातार दुईपटक घटाउँदा पनि चलचित्र आदिपुरुषको बक्स अफिस कलेक्सनमा खासै वृद्धि देखिएको छैन । रिलिजको दोस्रो हप्ता चलचित्रले भारतमा मात्र १४ करोड रुपैयाँ कमाई गरेको छ ।
फिल्मको कमाइको तथ्याङ्क जुटाउने वेबसाइट सैकनिल्कका अनुसार दोस्रो आइतबार चलचित्रले मात्र ६ करोड भारु कमाई गरेको छ । ओम राउतको निर्देशनमा बनेको चलचित्रले पहिलो दिन नै हिन्दी सिनेमामा सबैभन्दा ठुलो ओपनिङ गर्ने रेकर्ड बनाएको थियो । रिलिजको पहिलो हप्ता चलचित्रलाई ठुलो सफलता मिलेको थियो ।
चलचित्रको हिन्दी संस्करणले नै ११३ करोड भारु कमाएको थियो । धमाकेदार सुरुवातपछि आदिपुरुषको कमाइमा लगातार गिरावट देखिएको छ । विवादित संवादका कारण चलचित्रको आलोचना भइरहेको छ । चलचित्र हेरेर फर्किएका दर्शकले चलचित्रको संवादप्रति निराशा व्यक्त गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।