बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आदिपुरुष बाहेकका हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय (विज्ञप्तिसहित)

आदिपुरुष बाहेकका हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय (विज्ञप्तिसहित)

  • 1.4K
    SHARES

  • आदिपुरुष बाहेकका हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय (विज्ञप्तिसहित)

    काठमाडौं, असार ८ गते, नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो ।  

    उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै आजबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ,‘‘नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने नेपाल चलचित्र संघको सदैव मान्यता छ । अदालत, संविधान एवम् ऐन कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको हुँदा हामी चलचित्र व्यवसायीहरु उक्त कर्तव्यमा दृढ सङ्कल्पित रहेका छौं ।’’

    केही दिनअघि काठमाडौं महानगरपालकाका प्रमुख बालेन्द्र साहले हिन्दी फिल्म आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेको थियो । बिहीबार उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

    शुक्रवार, आषाढ ८ २०८००३:४१:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार