काठमाडौँ । जर्मनी लिग बुण्डेसलिगामा बायर्न म्युनिखले शानदार शुरुवात गरेको छ । बायर्नले लिगको उद्घाटन खेलमा गोलको बर्षा गरेको छ ।
गएराती सम्पन्न लिगको पहिलो खेलमा बायर्नले शाल्केलाई ८-० गोल अन्तरले पराजित गरेको छ ।
बायर्नको जितमा सेर्गी ग्नार्बीसए ह्याट्रिक गरेका छन् भने लेओन गोरेटज्का, रोबेर्ट लेवानडोस्की, थोमस मुलर, लिरोय साने र जमल मुसीआलाले एक एक गोल गरेका छन् ।
यस खेलमा म्यानचेस्टर सिटीबाट बायर्न पुगेका लिरोय सानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले एक गोल २ असिस्ट र ५ महत्वपूर्ण पास दिएका थिए ।
अब बायर्नले युइएफए सुपर कपको फाइनलमा सेभियासँग सेप्टेम्बर २५ मा खेल्दै छ । सुपर कप च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।