बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने मन्त्रिपरिषदको निर्णय

धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने मन्त्रिपरिषदको निर्णय

  • 967
    SHARES

  • धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने मन्त्रिपरिषदको निर्णय

    काठमाडाैँ, असार ६ गते सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएकी हुन् । उनका अनुसार नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनः स्थापनाका लागि संयुक्त रूपमा नेपाली टोली गठन गर्ने निर्णय पनि भएको छ ।

    बाढीपहिरो पीडितहरूको उद्धार प्रभावकारी बनाउने विषय मुख्य भएको बताउँदै उनले यसनिम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिएको पनि बताइन् ।

    बाढीपहिरोका कारण अत्यन्त दुःखद घटना भयो। धेरै मानिस विस्तापित हुने अवस्था आयो । मानवीय र धन क्षति हुने जुन अवस्था बन्यो। त्यसका निम्ति प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ। सरकार उद्धार,राहत, पुनः स्थापनामा लागिरहेको छ ।

    बुधवार, आषाढ ६ २०८०१०:१३:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार