बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको विजय लक्ष्य

दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको विजय लक्ष्य

  • 946
    SHARES

  • दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको विजय लक्ष्य

    काठमाडौं, असार ५ गते आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको विजय लक्ष्य पाएको छ ।

    टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनायो । अमेरिकाका लागि सातौं नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले सतकीय पाली खेले । उनले अविजित एक सय रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पाली खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका पनि प्रहार गरे । 
    ओपनर ब्याट्सम्यान सुशान्त मोदानीले पनि ४२ रनको योगदान गरे ।

    उनले ७१ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । गजानन्द सिंहले २६ रन जोडे । उनले ४१ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । जेसी सिंहले पनि २५ बलमा १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । 

    मंगलवार, आषाढ ५ २०८००५:०८:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार