एजेन्सी – सर्ज जिनाब्रीको ह्याट्रिक मद्दतमा च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा साल्केमाथि ८–० को प्रभावशाली जित निकालेको हो ।
बायर्नको जितमा जिनाब्रीले ह्याट्रिक पुरा गर्दा रोवर्ट लेवान्डोस्की, लियोन गोरेट्जका, थोमस मुलर र बायर्नका लागि ‘डेब्यु’ खेल खेलिरहेका लिरोए सानेले पनि गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ५ गोल सम्भव भएको थियो ।
एलिएन्ज एरिनामा शुक्रबार राति एकपक्षीय बनेको खेलमा बायर्नले खेलको चौथो मिनेटमा नै जिनाब्रीको गोलबाट बायर्नले अग्रता बनाएको थियो ।
जितसँगै बायर्नले ३ अंक जोडेको छ । पराजित साल्के अंकविहीन छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।